E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

पूर्वप्रधानमन्त्री प्रचण्डलाई दैलेखको जम्बुकाँधमा स्वागत

दैलेख — पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आज दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ स्थित जम्बुकाँधमा भव्य स्वागत गरिएको छ।

जयदेव माध्यमिक विद्यालय जम्बुकाँधका शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीले प्रचण्डलाई फूलमाला र खादा अर्पण गर्दै स्वागत गरेका हुन्।

पार्टीको सांगठनिक भेटघाट तथा विभिन्न स्थानको अवलोकन भ्रमणका क्रममा प्रचण्ड मध्यपहाडी लोकमार्ग हुँदै दैलेख पुगेका हुन्। स्थानीयले पूर्वप्रधानमन्त्रीलाई स्वागत गर्दै विकास निर्माण, शिक्षा र पूर्वाधारका विषयमा पनि ध्यानाकर्षण गराएका थिए।

स्वागत कार्यक्रममा विद्यालयका शिक्षक, जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!