E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

लागू औषध दुर्व्यसनी नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा बृहत अन्तरक्रियात्मक कार्यक्रम टीकापुरमा सम्पन्न

कैलालीको टिकापुरमा लागू औषध दुर्व्यसनी नियन्त्रण तथा रोकथाम सम्बन्धी बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीको आयोजनामा तथा इलाका प्रहरी कार्यालय टिकापुरको समन्वयमा उक्त कार्यक्रम आज दिउँसो सम्पन्न भएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल टगौरा थारु रहनुभएको थियो। कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न संघसंस्थाका प्रमुख विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू नागरिक समाजका प्रतिनिधि सञ्चारकर्मी र सर्वसाधारण नागरिकको उपस्थिति रहेको थियो।

कार्यक्रममा लागू औषध दुर्व्यासनी नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा विरात अन्तरक्रिया गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!