E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय युवकको शव फेला

पाल्पा — पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका भारतीय युवकको शव फेला परेको छ।
१८ वर्षीय सोयव अन्सारीको शव नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित खोलाबाट फेला पारेको हो।
भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणमा आएका थिए। यही जेठ ८ गते उनी पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बेपत्ता भएका थिए।
घटनापछि खोजी कार्य जारी रहेको थियो। शव फेला परेसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।