E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

१३ जेठको संसद बैठक असहज बनाउने रास्वपाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य रूपमा चल्न नसक्ने चेतावनी दिएको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकपछि प्रतिक्रिया दिँदै कार्यवाहक प्रवक्ता मनीष झाले संसद् बैठक असहज हुने संकेत गरे।

गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणमा उठेका प्रश्नहरूको जवाफ दिने तयारी गरिरहेका बेला रास्वपाले कडा रणनीतिक संकेत गरेको हो। प्रवक्ता झाले गृहमन्त्री लेखकको वक्तव्यमाथि आपत्ति जनाउँदै भने, “यदि दोष प्रमाणित भयो भने राजीनामा होइन, जेल जानुपर्ने हुन्छ।”

रास्वपाले सो दिन संसद्मा के रणनीति लिने भन्ने अहिले नै नखुलाउने बताएको छ तर बैठकमा सामान्य प्रक्रिया चल्न नदिने अडान स्पष्ट पारेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!