E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना तीन जनाको मृत्यु

बाजुरा – बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको फिल्ड भ्रमणमा गएको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिए।
उनका अनुसार जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो। दुर्घटनामा ज्यान गुमाउने सबैजना नेपाल टेलिकमका कर्मचारी भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
हालसम्म मृतकको सनाखत हुन सकेको छैन। प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ र थप अनुसन्धान भइरहेको डीएसपी हवारीले बताए।
दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।