E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ। मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा आफ्नै घरमा लडेर अचेत भएका थिए। उपचारका लागि पाटन अस्पताल लगिए पनि बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जानकारी दिएको छ।

नगरकोटीको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिएको हो। अन्तिम विदाइमा काठमाडौं महानगर प्रमुख बालेन शाह, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे लगायत अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!