E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

लम्कीचुहा नगरपालिका–२ मा मानसिक तथा शारीरिक रूपमा कमजोर महिला सफलतापूर्वक उद्धार

कैलाली लम्कीचुहा नगरपालिका वडा नं. २, मोतिपुर बाटोमा बेवारिसे अवस्थामा हिडिरहेकी एक मानसिक तथा शारीरिक रूपमा अशक्त महिला उद्धार गरिएको छ। आफूलाई मुसुरिया घर भएकी अन्जली बिक भनेर चिनाउने ती महिलालाई मानव सेवा लम्कीको पहलमा सफलतापूर्वक उद्धार गरिएको हो।

सार्वजनिक स्थानमा असुरक्षित अवस्थामा हिडिरहेकी ती महिलाको अवस्था गम्भीर देखिएको थियो। उनको मानसिक र शारीरिक अवस्था ध्यानमा राख्दै तत्काल उद्धार गरिएको हो। उद्धार पश्चात उनीलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण तथा पुनर्स्थापना प्रक्रियाहरू सुरु गरिएको मानव सेवा लम्कीले जानकारी दिएको छ।

समाजका पछाडिएको र बेवास्तामा परेका व्यक्तिहरूको सेवामा समर्पित मानव सेवा लम्कीले यस प्रकारको उद्धारलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!