अध्यक्ष रेखा बुढा थापाको पहलमा मोहन्यालमा बाख्रा वितरण र सार्वजनिक सुनुवाइ सम्पन्न
कैलाली – आज सम्पन्न बाख्रा वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम ले गाउँकै किसान र विपन्न वर्गको मुहारमा खुसी छाएको छ। कार्यक्रममा त्रिवेणी एकता पशुपंक्षी तथा कृषक महिला समूहकी अध्यक्ष रेखा बुढा थापा ले नेतृत्व गर्नुभएको थियो।
२०८२ साल जेठ १७ गते सम्पन्न कार्यक्रममा ३० जना लाभग्राहीलाई ३० वटा बाख्रा वितरण गरिएको छ। यस कार्यक्रममा गरिब, अति विपन्न तथा एकल महिलाहरूलाई प्राथमिकता दिइएको थियो।
कार्यक्रममा सहयोगी निकायको रूपमा मेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र, धनगढी कैलाली को विशेष भूमिका रहेको थियो।
अध्यक्ष रेखा बुढा थापाले यो कार्यक्रमको लागि आवश्यक बजेट प्रदेश सरकारसँग समन्वय गरेर ल्याउनु भएको हो। यसअघि पनि उहाँले किसान तथा मोहन्याली जनताको लागि निरन्तर यस्ता कार्यक्रम गर्दै आउनुभएको छ। कहिले किसानको लागि, त कहिले मोहन्याली जनताको लागि उहाँ सधैँ खटिरहनुभएको छ।
यो कार्यक्रमको उद्देश्य गाउँस्तरमा महिला सशक्तीकरण, आय आर्जनको स्रोतमा विविधीकरण तथा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्नु हो। कार्यक्रमको दौरान सार्वजनिक सुनुवाइ पनि गरिएको थियो, जसले किसान र स्थानीय जनताको राय र सल्लाहलाई उजागर गरेको छ।
कार्यक्रममा सहभागीहरुले यस्ता क्रियाकलापले गाउँमा आर्थिक सुधार र सामुदायिक विकास ल्याउने विश्वास व्यक्त गरेका छन्।
स्थानीय सरकारले प्रोत्साहन र सहयोग गरेको यस्ता कार्यक्रमहरूले ग्रामीण जीवनशैलीमा सुधार ल्याउने, रोजगार सिर्जना गर्ने र समग्र सामाजिक उत्थानमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।