E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

२५ वर्षअघि विनस टेलरको घरबाट सुरु अभियानमा पन्त गुरुको संकल्प दोहोरिने : जातीय विभेद धर्म होइन विकृति हो

जातीय विभेद र छुवाछुतविरुद्ध सुरु गरिएको ऐतिहासिक अभियान आज २५ वर्ष १० महिना ७ दिन पुगेको छ। यस अवसरमा अभियानका प्रारम्भकर्ता सँस्कारशिरोमणि ज्योतिषी आचार्य पण्डित गणेशप्रसाद पन्त पन्चाङ्गकारले विनस टेलरको घरमा विशेष पूजाआराधना गर्दै सामाजिक समानताको सन्देश दोहोर्याउनुभएको छ।

पूजाआराधनापछि दैलेख कर्णाली खबरलाई जानकारी दिँदै पन्तले भन्नुभयो।हामीले २५ वर्ष १० महिना ७ दिनअघि यही घरबाट जातीय विभेदविरुद्धको यात्रा सुरु गरेका थियौं। आज फेरि त्यही ठाउँमा पूजाआराधना गर्दै सामाजिक समानताको संकल्प दोहोर्याएका छौं।

उहाँले हिन्दू धर्मले कहिल्यै पनि विभेदको समर्थन नगरेको स्पष्ट पार्दै भन्नुभयो । वेद, उपनिषद्, पुराणजस्ता धर्मग्रन्थमा जातपात र छुवाछुतको कुनै आधार छैन। धर्मका नाममा विभेद गर्नु अधर्म हो। हिन्दू धर्मको मर्म नै सबै मानवप्रति समान व्यवहार हो।

पन्त गुरुले पूजाआराधनालाई कुनै औपचारिक कार्यक्रम नभई व्यक्तिगत संकल्पका रूपमा प्रस्तुत गर्दै, आफ्नो जीवनभर जातीय विभेदविरुद्ध आवाज उठाउने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।

यसै सन्दर्भमा पछिल्लो समयमा हिन्दू राष्ट्रसम्बन्धी बहस चुलिएको विषयमा प्रतिक्रिया दिँदै उहाँले भने हिन्दू राष्ट्रको साँचो अवधारणाले कुनै जात विशेषको पक्ष लिँदैन। हिन्दू धर्मले सबै जात र समुदायलाई एक समान दृष्टिले हेर्छ। यो राष्ट्र सबै हिन्दूहरूको हो । समान अधिकार, समान सम्मानको।

२५ वर्षअघि सुरु भएको यो अभियान आज पनि निरन्तररूपमा समानता र सहिष्णुताको सन्देश फैलाउँदै अगाडि बढिरहेको छ। पन्त गुरुले भन्नुभयो, साँचो धर्म भनेको सबैप्रति करुणा, समानता र सेवा हो। जातीय विभेद धर्म होइन, विकृतिको परिणाम हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!