E-Paperदेशशीर्ष समाचारसंसार

अमेरिकाको भर्जिनियामा चार नेपालीको मृत्यु

अमेरिका — भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन्। मानेसास पार्क प्रहरीले दिएको जानकारीअनुसार, मृतकमध्ये दुई बालबालिका, एक महिला र एक पुरुष छन्।

मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षे बालक रहेका छन्। प्रहरीले घटनास्थलमा सबैलाई गोली लागेको अवस्थामा फेला पारेको जनाएको छ। घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको छ।

प्रहरीका अनुसार जुन ५ तारिख राति १०:४० बजे लाने लेनको ९४०० ब्लकस्थित अपार्टमेन्टमा घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर तलको अपार्टमेन्टमा प्रवेश गर्दा चारै जनाको शव भेटिएको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यस घटनालाई हत्यापछि आत्महत्या भएको हुनसक्ने अनुमान गरेको छ। बाह्य व्यक्तिको संलग्नता नदेखिएको र घटनालाई पारिवारिक हिंसाको रूपमा लिइएको जानकारी दिएको छ।

हाल शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पोस्टमार्टमका लागि लगिएको छ भने गोली चलाउने व्यक्तिको परिचय भने अझै सार्वजनिक गरिएको छैन। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!