E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

रास्वपा–राप्रपाको विरोधबीच प्रतिनिधिसभा बैठक अघि बढ्यो

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधबीच प्रतिनिधिसभाको बैठक शुक्रबार अघि बढाइएको छ।

सभामुख देवराज घिमिरेले दुबै दलका सांसदहरूको विरोधका बाबजुद बैठकको कार्यसूची अघि बढाएका हुन्। बैठक सुरु हुनासाथ सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए। पाण्डेले बोल्न थालेपछि रास्वपा र राप्रपाका सांसदहरूले टेबुल ठोकेर विरोध जनाए पनि उनले आफ्नो धारणा राख्न जारी राखे।

पाण्डेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिइयो। लिङ्देनको सम्बोधनका क्रममा भने रास्वपाले कुनै अवरोध गरेन। यस घटनाले संसदमा दलहरूबीचको मतभेद अझ स्पष्ट रुपमा देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!