E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै रास्वपाको संसद्‌मा नाराबाजी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद्‌मा पुनः नाराबाजी गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन्। उनीहरूले ‘राजीनामा दे’ ‘छानबिन समिति बनाऊ’ भन्ने नारा लगाएका थिए।

रास्वपाले आफूहरूको आन्दोलन जारी रहेको स्पष्ट पारेको छ। पार्टीले भिजिट भिसाका नाममा युवाहरू ठगिएको, दलाल संरचनाको संरक्षण भइरहेको भन्दै सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन समिति गठन आवश्यक रहेको बताउँदै आएको छ।

सत्तापक्षले भने रास्वपाको मागबारे औपचारिक निर्णय नगरेको अवस्था छ। संसद्‌मा यो विषयमा दलहरूबीचको मतभेद अझ चर्किएको देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!