E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपाको नाराबाजी सभामुखले विरोधबीचै संसद् चलाए

काठमाडौं — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि निरन्तर विरोध जनाएका छन्।

सभामुख देवराज घिमिरेले विरोध र नाराबाजीबीचै संसद् बैठक सञ्चालन गरेका छन्। बैठक सुरु गर्नासाथ राप्रपा र रास्वपाका सांसदहरू उठेर विरोध जनाए। सभामुखले उनीहरूलाई बस्न अनुरोध गरे पनि सांसदहरू अडिग रहे। सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिँदा उनले नैतिकताको विषय उठाए, जसपछि रास्वपाका सांसदहरू वेल अगाडि आएर चर्को नाराबाजी गर्न थाले। राप्रपाका सांसदहरू भने आफ्नो स्थानमै उभिएर विरोध जनाइरहेका थिए।

यस्तो अवस्थामा सामान्यतः संसद् बैठक स्थगित गरिने चलन भए पनि सभामुख घिमिरेले कार्यसूचीअनुसार बैठक अगाडि बढाएका छन्। यसक्रममा एमालेका योगेश भट्टराई, माओवादी केन्द्रका देवेन्द्र पौडेल बोल्ने क्रममा थिए। सभामुखले रास्वपाका सन्तोष परियारलाई पनि बोल्न समय दिए पनि उनले मन्तव्य राखेनन्। विपक्षी दलको नाराबाजीबीच सभामुखले लोसपाका रामप्रकाश चौधरीलाई पनि बोल्न समय दिएका थिए। संसद्मा दलहरूको फरक-फरक रणनीति देखिएको छ भने सत्ता पक्ष भने बैठक सामान्य रूपमा अघि बढाउने प्रयासमा देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!