E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। जीतपुरसिमरा–२१ का ५० वर्षीय चन्द्रबहादुर भोलनको शव बाघको आक्रमणपछि क्षतविक्षत अवस्थामा फेला परेको हो।

भोलन मंगलबार दिउँसो ४ बजे बाख्रा चराउन घरबाट निस्केका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले खोजी थालेका थिए। राति ११ बजेसम्मको खोजीमा पनि उनी फेला परेनन्।

बुधवार बिहान करिब ७ः३० बजे जीतपुरसिमरा–२२ स्थित दक्षिणकाली सामुदायिक वन क्षेत्र अन्तर्गतको रातोमाटे अठेर खोल्चाको जंगलमा उनको शव फेला परेको थियो। स्थानीय युवाहरूले खोजी गर्ने क्रममा बाघले शरीरका विभिन्न भाग खाएको अवस्थामा शव भेटिएको हो।

घटनास्थलमा बाघको ठूलो पञ्जाको डोबहरू समेत भेटिएको स्थानीयहरूले बताएका छन्। प्रहरी, जनप्रतिनिधि तथा वनकर्मीको टोली घटनास्थलमा पुगेको थियो भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दिदीभिनाजुको घरमा बस्दै आएका भोलन अविवाहित थिए। मंगलबार साँझ ६ बजेबाट सम्पर्कविहीन भएपछि प्रहरी, स्थानीयवासी र वनकर्मीहरू संयुक्त रुपमा राति १ बजेसम्म खोजीमा सक्रिय थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!