E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

धार्मिक पर्यटनको आकर्षण बन्दै बैतडीको ऐतिहासिक जगन्नाथ मन्दिर

बैतडी – सुदूरपश्चिम प्रदेशको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थलका रूपमा परिचित जगन्नाथ बाबा मन्दिर बैतडी जिल्लाको सदरमुकाम गढीमा अवस्थित छ। दशरथचन्द नगरपालिकाको वडा नं. ४ मा पर्ने यो मन्दिर धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाको अनुपम संगम हो।

उच्च पहाडी क्षेत्रमा रहेको गढीबाट बैतडीका विभिन्न भूभाग, दार्चुलाका हिमाल र भारतको उत्तराखण्डसम्मको दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट देखिने प्राकृतिक सौन्दर्यले पर्यटक तथा दर्शनार्थीहरूलाई लोभ्याउने गर्दछ।

गढीको टाँकुरामा अवस्थित प्राचीन जगन्नाथ मन्दिर भगवान शिवको रूपमा पुजिँदै आएको छ। यो मन्दिरमा बैतडी जिल्ला तथा भारतीय राज्य उत्तराखण्डबाट समेत भक्तजनहरू पूजाआजा गर्न आउने गर्छन्। नेपाली सेनाले समेत आफ्नो स्थापना दिवस लगायत विशेष अवसरहरूमा यही मन्दिरमा पूजा अर्चना गरी सलामी दिने परम्परा रहिआएको छ।

मन्दिरमा नित्य पूजा सञ्चालन हुने गरे तापनि विशेष रूपमा संक्रान्ति, पूर्णिमा, नवरात्री, शिव चतुर्दशी, श्रावण र माघ महिनामा विशेष पूजाहरू आयोजना हुने गर्दछ। मन्दिर परिसरमा रहेका देवी–देवताका प्राचीन मूर्तिहरू, त्रिशूल, घण्टीलगायतका सामग्रीहरू ऐतिहासिक र पुरातात्विक महत्वका छन्।

मन्दिरमा हाल नौहाट भट्ट र आइतका लेखकहरू पूजारीका रूपमा कार्यरत छन् भने चन्द, ठगुन्ना, मार्कण्ड, भट्ट, बोहरा, कार्की, जोशी, पाण्डेय, तिरुवा, भूल जातिका साथै अन्य समुदायका मानिसहरूले समेत आस्था प्रकट गर्दै पूजा अर्चना गर्दै आएका छन्।

धार्मिक पर्यटन प्रवर्द्धनको दृष्टिले जगन्नाथ मन्दिर बैतडीका लागि एक महत्वपूर्ण गन्तव्यस्थल बनेको छ। यहाँको धार्मिक, ऐतिहासिक र प्राकृतिक विशेषताले यस क्षेत्रलाई अझ आकर्षक बनाउन भूमिका खेलेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!