E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी लम्कीचुहाद्वारा मानवसेवा लम्कीलाई खाद्यान्न तथा फलफुल सहयोग

कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टी लम्कीचुहा नगर समितिले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको मानव सेवा लम्कीलाई खाद्यान्न तथा फलफुल सहयोग गरेको छ। सामाजिक सेवामा समर्पित संस्था ‘मानव सेवा लम्की’ मानसिक सन्तुलन गुमाएका, आश्रयविहीन र असक्त व्यक्तिहरूको संरक्षण तथा सेवा गर्दै आइरहेको स्थान हो।

स्थापना दिवसको अवसरमा कुनै तडक–भडक कार्यक्रम नगरी पार्टीले सामाजिक सेवामा योगदान दिने उद्देश्यले मानवसेवा जस्तो संस्थामा पुगेर सहयोग गर्नु नै आफ्नो कार्यदिशा र मानवीय भावनाको प्रतिनिधित्व गरेको हो भन्ने विचार पार्टी नेताहरूले व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी लम्कीचुहा नगर सभापति, विभिन्न वडाका सभापति, क्षेत्रीय नेताहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा मानव सेवा लम्कीका अध्यक्ष विनोद थापालाई विशेष धन्यवाद दिइएको थियो, जसले लामो समयदेखि सेवा भावका साथ संस्था सञ्चालन गरिरहेका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली क्षेत्र नं. २ का क्षेत्रीय सभापति कृष्ण बटालाले पार्टी सुशासन र पारदर्शिताको पक्षधर रहेको बताउनुभयो। उहाँले भ्रष्टाचारविरुद्धको लडाइँमा पार्टी सदैव अग्रसर रहेको उल्लेख गर्दै भन्नुभयो,हामी शब्दमा होइन, काममा विश्वास गर्छौँ। मानव सेवाजस्तो संस्थामा पुगेर सेवा गर्नु हाम्रो पार्टीको संस्कार हो।

त्यसपछि, राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली क्षेत्र नं. २ का उपाध्यक्ष दुर्गा ढुङ्गानाले पार्टीले सदैव जनताको हितमा कार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता सामाजिक कार्यहरूमा आफनो सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्दै भन्नुभयो राजनीतिक दलहरूले सामाजिक संस्थासँग सहकार्य गरेर समाज परिवर्तनको मार्ग रोज्नुपर्छ। हामी व्यवहारमा सेवा देखाउन चाहन्छौँ।

यस्तै नगरपालिका वडा नं. १ का सभापति सुशील न्यौपानेले मानव सेवा लम्कीमा आएर व्यक्तिगत वा संस्थागत रूपमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले भने, शुभ अवसर होस् या अशुभ, हामीले यस्ता संस्थालाई सम्झिनु पर्छ। सानो सहयोगले पनि धेरैको जीवन बदल्न सक्छ।

यस किसिमका सामाजिक कार्यले राजनीतिक दलप्रतिको आममानिसको विश्वास अझ बलियो बनाउने देखिन्छ। पार्टी स्थापना दिवसलाई जनसेवामा रूपान्तरण गर्नु भनेको सच्चा राष्ट्रसेवाको उदाहरण पनि हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!