E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

सत्तापक्षको दम्भी आवाज नसुन्ने भन्दै रास्वपाका सांसदद्वारा संसद् बैठक बहिष्कार

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठकको प्रारम्भमा वेल घेरेर विरोध जनाएका उनीहरू सत्ता पक्षको धारणा सुरु हुनासाथ बैठकबाट बाहिरिएका हुन्।

रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले प्रतिपक्षी सांसदहरूको मन्तव्य सुनेपछि सत्ता पक्षको दुई तिहाइको दम्भी आवाज नसुन्ने निर्णय गरेर बाहिरिएको बताएका छन्। उनले भने प्रतिपक्षतर्फका १६ जना माननीयको आवाज सुन्यौं तर सत्तापक्षको पालो आएपछि हामी निस्कियौं।

रास्वपाले गृहमन्त्री भिजिट भिसा प्रकरणको विषयलाई लिएर संसद्मा निरन्तर अवरोध गर्दै आएको छ। पार्टीले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। सरकारले यी मागमा कुनै सकारात्मक प्रतिक्रिया नदिएको भन्दै रास्वपाले बैठक बहिष्कार गर्ने रणनीति लिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!