E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

सर्लाहीमा टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा युवकको मृत्यु

सर्लाही – सर्लाहीमा टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बुधबार राति सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगञ्जस्थित भित्री सडकखण्डमा टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा घटना स्थल तनावग्रस्त बनेको हो।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वाका २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन्। उनी दिनेश साहका छोरा हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले राति करिब ८ बजेको समयमा सचिन चढेको साइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि टिपर चालक फरार भएका छन् भने आक्रोशित स्थानीयबासीले सोही टिपरमा आगजनी गरेका छन्। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!