E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

चितवनको टिकौली जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ट्रकका सहचालक राप्ती नगरपालिका–२ निवासी २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव घाइते भएका हुन्।

भरतपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट (NL–01 N 0133) र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो।घाइतेमध्ये ट्रक सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र बुलेट चालक यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!