E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

श्री विश्वकर्मा वैदिक कर्मकाण्ड समाजको कार्यक्रममा सबै वर्गको समान सहभागिता

श्री विश्वकर्मा वैदिक कर्मकाण्ड समाजले सर्वसमावेशी वैदिक चेतना र सामाजिक समरसताको उज्यालो दीप जलाउँदै, जात, धर्म, वर्ग, लिङ्ग र उमेरको कुनै भेदभाव नगरी सबैका लागि सेवा समानता र सम्मानको भाव अघि सारेको छ।

समाजले सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया भन्ने वैदिक उद्घोषलाई जीवन्त बनाउँदै, समता, न्याय र आध्यात्मिक जागरणको बाटोमा अग्रसर हुने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा २५% महिला र ७५% पुरुष सहभागी थिए भने साना बालबालिकादेखि ८४ वर्षसम्मका व्यक्ति सक्रिय रूपमा सहभागी देखिए। लिङ्ग, उमेर वा वर्गीय कुनै विभेद नगरी महिला, पुरुष र बालबालिका सबैको सक्रिय उपस्थिति रहेको छ आयोजकहरूले जनाए।

समाजले विशेष रूपमा युवापुस्तालाई वैदिक ज्ञान, संस्कार र सामाजिक नेतृत्वमा जोड्न उत्प्रेरित गरिरहेको छ। साथै, सेवा सुविधाबाट वञ्चित वर्गलाई प्राथमिकतासहित समावेश गर्दै आएको छ।

सबै वर्ग उमेर र लिङ्गका व्यक्तिहरूको भेदभावरहित सहभागिता समाजको उदात्त उद्देश्य र समावेशी चरित्रको सशक्त प्रमाण बनेको छ।
वैदिक सेवा – सबैका लागि, समान अवसर – सबैका लागि !
धर्ममा भेद होइन, सहभागिता र सम्मान !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!