E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

प्रधानमन्त्री ओलीको सम्बोधन आज संसदमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले आफ्नो स्पेन भ्रमणका बारेमा जानकारी गराउँदै समसामयिक राजनीतिक तथा कूटनीतिक विषयमा धारणा राख्ने तयारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जनाएका छन्।

प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेनको सेभिल्ला सहरतर्फ प्रस्थान गर्दै छन्। संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४)’ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्पेन जान लागेका हुन्।

उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संयुक्तरूपमा निमन्त्रणा दिएका हुन्। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको तर्फबाट महत्वपूर्ण मन्तव्य राख्ने र अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्यका पक्षमा धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!