E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

टेराम्याक्स भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणमा भएको टेराम्याक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन्।

भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालत पुगेका हुन्। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान सुरु भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला बस्नेतको निर्देशनमै टेराम्याक्स प्रविधि खरिदको निर्णय गरिएको बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि बस्नेतको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बन भएको थियो।

बयानपछि आजै बस्नेतविरुद्ध थुनछेक बहस हुने विशेष अदालतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!