E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

धार्मिक एकरुपता अभियान पण्डित डम्बरबहादुर विश्वकर्माको ४५ वर्षे योगदान

झण्डै ४५ वर्षदेखि निरन्तर धार्मिक सेवा, कर्मकाण्ड र समाजसेवामा समर्पित अधिवक्ता तथा ज्योतिषी पण्डित डम्बरबहादुर विश्वकर्मा सम्पूर्ण पूर्वाञ्चलका जिल्लाहरूमा धार्मिक एकरुपता कायम गर्न अग्रसर छन्। जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार र विधिहरूमा एकरुपता ल्याउने उद्देश्यले उहाँले विभिन्न धार्मिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

विश्वकर्मा ब्राह्मण समाजका संस्थापक अध्यक्ष तथा संस्कारशिरोमणि ज्योतिषी आचार्य पण्डित गणेशप्रसाद पन्त (पञ्चाङ्गकार) लाई निरन्तर सहयोग गर्दै आएको यस अभियानलाई अझ व्यापक बनाउन संस्था अध्यक्ष किरण लाम्गादे, ज्योतिषी पण्डित गोपाल गुरु, अम्बर लुहार (भागवत वाचक) लगायत दर्जनौं गुरूहरूले पनि हरेक क्षेत्रमा सहयोग गरिरहेका छन्।

गुरूहरूको सामूहिक प्रयासले पूर्वाञ्चलमा मात्र नभई देशभरि नै धार्मिक चेतना र संस्कृतिक एकता विस्तार गर्ने योजनासमेत अघि सारिएको छ। आचार्य पन्तलाई २४ घन्टा पूर्ण सहयोग गर्ने प्रतिवद्धतासहित गुरु समुदायले आफ्नो–आफ्नो क्षेत्रमा विविध किसिमका धार्मिक तथा ज्योतिषीय सेवा पुर्‍याइरहेका छन्।

यो अभियानले पारम्परिक नेपाली संस्कारलाई संरक्षण गर्दै नयाँ पुस्तामा धार्मिक र सांस्कृतिक चेतना फैलाउने विश्वास लिइएको छ। पण्डित डम्बरबहादुर विश्वकर्मा तथा उहाँको टोलीको सक्रियता धर्म, संस्कार र ज्योतिष विज्ञानको क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै अघि बढिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!