E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

श्रीमतीको हत्या गरेको आरोपमा ३ वर्षपछि श्रीमान् पक्राउ

रौतहट — करिब तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–४ घिउरा टोल निवासी फैयाद मिया मन्सुरी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

मन्सुरीमाथि २०७८ साल माघ २६ गते आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सल बेरेर हत्या गरेको गम्भीर आरोप लागेको छ। चाँदनीको शव त्यस दिन घर नजिकैको गहुँबारीमा भेटिएको थियो जहाँ मुखमा समेत सल कोचिएको अवस्थामा उनको शव फेला परेको थियो।

घटनापछि फैयाद मन्सुरी फरार हुँदै आएका थिए। उनीविरुद्ध प्रहरीको खोजी जारी रहँदा करिब तीन वर्षपछि बल्ल पक्राउ गर्न सफल भएको हो। प्रहरीका अनुसार मन्सुरीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। प्रहरी स्रोतले जनाएको छ कि घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ र अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिनेछ।

यस हत्याकाण्डले त्यसबेलामा पनि स्थानीयस्तरमा निकै चासो र आक्रोश सिर्जना गरेको थियो। अहिले मन्सुरी पक्राउ परेपछि पीडित पक्षले न्याय पाउने आशा व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!