E-Paperअपराधशीर्ष समाचारस्थानीय समाचार
अश्लील भिडियो बनाउँदै बेच्ने आरोपमा १ जना युवक पक्राउ

काठमाडौं — महिलासँग अश्लील भिडियो बनाएर बेच्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा रहेका छन्। उनलाई प्रहरीले काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार थापाले नेपाल तथा विदेशमा रहेका महिला र पुरुषहरूलाई रकम दिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउने गरेका थिए। यस्ता गतिविधिको भिडियो बनाएर उनले बिक्री समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२१ बमोजिम अश्लील किताब चित्र वा अन्य सामग्री बनाउन वा वितरण गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ।